‘पञ्चेबाजा’ र ‘रोमियो एन्ड मुना’ का गीत

In मनोरञ्जन
२९ मंसिर २०७४, शुक्रबार १३:२८

मंसिर २९, २०७४-एकसाथ प्रदर्शन हुन लागेका दुई फिल्म ‘पञ्चेबाजा’ र ‘रोमियो एन्ड मुना’ ले बिहीबार नै आआफ्ना नयाँ गीत सार्वजनिक गरेका छन् । घनश्याम लामिछाने निर्देशित ‘पञ्चेबाजा’ को ‘घिन घिन मादल…’ लोक शैलीको रहेको छ भने नरेशकुमार केसी निर्देशित ‘रोमियो एन्ड मुना’ को ‘स्यान्डविच मी…’ पार्टी सङ फ्लेभरको छ ।

प्रदीप भारद्वाजको रचना रहेको ‘घिन घिन मादल…’ मा विकास चौधरीको संगीत रहेको छ भने अञ्जु पन्त र डेबिड शंकरको युगल गायन रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतमा फिल्मकै मुख्य कलाकार सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, जश्मिन श्रेष्ठ र सृजना सुब्बा फिचरिङ छन् । अर्ल यूआरएल एगरको गायन तथा रचना रहेको ‘स्यान्डविच मी…’ को संगीत गौरव डागोन्करले गरेका हुन् । प्रताप सिंहको कोरियोग्राफी रहेको गीतमा विनय श्रेष्ठ विकिनी गर्लसँग नाचेका छन् । त्यसो त कार्यक्रममै फिल्मका नायक विनयले टु–पिस लगाएका दुई युवती च्यापेर उक्त गीतमा नाच्दै आएका थिए ।

http://kantipur.ekantipur.com/news/2017-12-15/20171215080114.html