मंसिर २६, २०७४-कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)का रेशमलाल चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । एमालेकी मदनकुमारी (गरिमा) शाहलाई मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् ।
चौधरीले ३४ हजार ३ सय ४१ मत पाए भने एमालेकी शाहले १३ हजार ४ सय ६ र कांग्रेसकी पूर्वसचेतक ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत पाइन् ।
चौधरी टिकापुर हत्याकाण्डका आरोपी हुन् । कुनै समय रेडियोका रेडियोकर्मी–संगीतकर्मीसमेत रहेका चौधरीले टिकापुरमा रेडियो र रिसोर्ट सञ्चालन गरेका थिए ।
माओवादी शान्तिप्रक्रियामा आएपछि ०६३ सालमा माओवादी प्रवेश गरेका चौधरी दोस्रो संविधानसभाको केही दिनअघि राजेन्द्र महतो नेतृत्वको तत्कालिन सदभावना पार्टीमा प्रवेश गरेका थिए ।