कपिलवस्तु । छिमेकी मुलुक भारतको राजदुत पदबाट राजिनामा दिएर कपिलवस्तु क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका दीपकुमार उपाध्यायपनि वामगठबन्धनसँग पछाडी परेका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता चक्रपाणि खनाल ‘बलदेव’ले २ हजार २१९ मत पाएका छन् ।कांग्रेस नेता उपाध्यायले मात्र १ हजार ४८३ मत पाएका छन् । यो मतअनुसार माओवादी नेता खनाल ७३६ मत अन्तरले अघि छन् । भारतका लागि नेपाली राजदूत पदबाट राजीनामा दिएर उपाध्याय प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् ।