मंसिर २५, २०७४-पूर्वी नवलपरासीको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ मा कांग्रेस नेता सशांक कोइराला विजयी भएका छन् । उनले ३७ हजार ३ सय ७३ मत पाए ।कोइरालाका प्रतिस्पर्धी एमाले उम्मेदवार भविसोर पराजुलीले ३२ हजार ८ सय ४६ मत पाए । यस्तै, क्षेत्र नम्बर २ मा वाम गठबन्धन विजयी भएको छ । क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत सहित विजय हासिल गरे ।
उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार विष्णकुमार कार्कीले ३७ हजार ७ सय २० मत पाए ।