मंसिर २४, २०७४-मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापालाई हराउँदै एमाले उम्मेदवार कृष्ण दाहाल चिर्वाचित भएका छन् । दाहालको मकवानपुरबाट यो तेस्रो जित हो ।
अन्तिम निर्वाचन परिणामअनुसार दाहालले ४० हजार ६ सय ३० मत पाएका छन् भने थापाले ३४ हजार ५ सय ५८ मत पाएका छन् ।
उपप्रधान तथा ऊर्जा मन्त्री थापा अन्तिम पटक २०५१ मा मकवानपुरबाट निर्वाचित सांसद भएका थिए । त्यसयता उनी लगातार पराजित छन् । पछिल्लो संविधान सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद भएका थिए ।