1144 views 3 secs 0 comments

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह विजयी

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:०२
मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका हुन् ।

मंसिर २३, २०७४-बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका हुन् ।

सिंहले १० हजार ९ सय ३६ मत पाए भने मिश्रले १० हजार १ सय १८ मत पाए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाए ।

मिश्रले दिए बधाई

काठमाडौं क्षेत्र नम्बर १ मा सिंहका प्रतिस्पर्धी विवेकशिल साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रले सिंहलाई बधाई दिएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै मिश्रले फोन गरी सिंहलाई बधाई दिएका हुन् ।

सिंहका सहयोगी यूपी लामिछानेले बताएअनुसार मिश्रले नतिजा सार्वजनिक भएलगत्तै फोन गरी सिंहलाई बधाई दिएका हुन् ।

http://bit.ly/2Ao6DqQ