सफलताको मातमा उम्लिएका’कपिलको ‘फिरंगी’ फ्लप, कति कमायो ?

In मनोरञ्जन
१९ मंसिर २०७४, मंगलवार १३:४१

कमेडीयन कपिल शर्माको बडो उत्साहजनक भनींदै आएको र प्रतिक्षारत फिल्म ‘फिरंगी’ शुक्रवार रिलिज भयो तर बक्स अफिसमा निराशाजनक व्यापार संगै कपिल लाजले मिडियाको सम्पर्कमा आउन सकेका छैनन् ।

तीन दिनमा उनको फिल्मले जम्मा ६ करोड ३० लाख रुपैयाँ कमाएको छ। यसअघि भारतमा कमेडीका बादशाह मानिएका कपिलले २०१५ मा ‘किस किस को प्यार करुँ’बाट ठूलो पर्दामा डेब्यु गर्दा समेत यो भन्दा राम्रो नतीजा आएको थियो ।

पछिल्लो समय राम्रो फ्यान फलोईङ र टि आर पि कमाएका कपिलको स्वभावमा आएको परिवर्तन र घमण्डिपनले दर्शक उनीप्रति चिढिएका थिए ।जसको परिणाम उनका साथी र बलिउडकर्मीले समेत उनको साथ छाड्दै गएका छन् । यसपल्ट दर्शकले पनि उनको साथ छाडेको फिल्मको असफलताले प्रस्ट्याएको छ ।