किन राति सुत्दा कहिल्यै भान्सा कोठामा जूठो भाडा राख्नु हुँदैन ? ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।
१. राति सुत्नुअघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस् । भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरु खुल्दछन् ।
२. घरको मुख्य ढोका अगाडि फोहोर कहिले नराख्नुहोस् । भनिन्छ यसो गर्नाले छिमेकी शत्रु बन्न पुग्छन् ।
३. खाना खाएपछि भान्सा कोठामा जुठो भाडा कहिले नराख्नुहोस् । यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भए पनि राख्नुहोस् तर जुठो नराख्नुहोस् । जुठो राख्नाले धन हानी हुन्छ ।
४. सूर्यास्तको समयमा कसैलाई पनि दूध, दही या प्याज नदिनुहोस् । यसो गर्नाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।
५. सुत्ने ओछ्यानमा बसेर खाना कहिले नखानुहोस् । यसले घरमा अशान्ति निम्त्याउँछ, साथ साथै ऋण लाख्दछ ।
६. घरमा बनाइएको पूजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधै कलशमा पानी भरेर राख्नुहोस् । यसो गर्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।