
नेपाली काँग्रेसका १३ वटा भ्रातृ सङ्गठनहरू छन्। पार्टीमा युवा, विद्यार्थी, महिला, जातजाति जोड्दै जाने उद्देश्यले भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गरेको काँग्रेस नेताहरुले बताउँदै आएका छन्। तर, तिनका आवधिक महाधिवेशन त टाढाको कुरा लामो समयसम्म केन्द्रीय समितिसमेत गठन नहुने अवस्था रहेको छ।
बल्लतल्ल केन्द्रीय नेतृत्व तोकिए पनि समिति पदाधिकारी र सदस्य तोक्न काँग्रेसलाई महाभारत नै पर्दै आएको छ। बल्ल तल्लो नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहितका संगठनका केन्द्रीय समिति तोकिए पनि पार्टी नेताहरूको गुटगत झगडाले पदाधिकारी तोकिएको छैन।