
१० मंसिर, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । युनिलिभरका अलवा भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य हालसम्मकै उच्च भएको हो ।
आइतबार एकै दिन युनिलिभरको मूल्य ६.७२ प्रतिशत अर्थात् प्रतिकित्ता २ हजार ७ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ४२ हजार ९ सय रुपैयाँ पुगेको छ । बजारमा सूचीकृतमध्ये युनिलिभर सबैभन्दा महँगो कम्पनी हो ।
माण्डु हाइड्रोपावरको मूल्य प्रतिकित्ता १६ रुपैयाँ बढेर ५३१ रुपैयाँ पुगेको छ भने मिडसोलु हाइड्रोको मूल्य प्रतिकित्ता २२ रुपैयाँ (६.२ प्रतिशत) ३७५ रुपैयाँ पुगेको छ ।