
नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०७१/७२ देखि त्रिभुवन विमानस्थलबाट बाहिरिने प्रत्येक यात्रुबाट विमानस्थल विकास शुल्क (एडीएफ) उठाउन पाउने अधिकार ३१ असारबाट समाप्त भएको छ । अब यसलाई निरन्तरता दिने वा नदिनेमा प्राधिकरण नै अन्योलमा छ ।
सरकारले प्राधिकरणलाई ५ वर्षका लागि यस्तो शुल्क लिने अधिकार दिएको थियो । सोहीअनुसार कम्पनीहरुले यात्रुको टिकट मै १ हजार रुपैया जोडेर यो शूल्क असुल गर्छन् । हरेक महिना वायुसेवा कम्पनीले बोकेको यात्रु संख्याअनुसार प्राधिकरणले वायुसेवा कम्पनीबाट उक्त रकम असुल्छ ।