रुपन्देहीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

In दुर्घटना, मृत्यु
४ मंसिर २०८०, सोमबार १३:४७

४ मंसिर, काठमाडौँ।

रुपन्देहीको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलका भैरहवा सडक खण्डकको तिलोत्तमाको मणिग्राम  लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले  ठक्कर दिँदा  दुई जनाको मृत्यु भएको प्रहरीले  जनाएको छ ।

घटनामा परी रुपन्देहीका व्यवसायी माधवलाल देवकोटाको मृत्यु भएको छ । उनीसँगै मोटरसाइकलमा सवार  तिलोत्तमा नगरपालिका–२ जानकी नगर बस्ने यादा क्षेत्रीको  पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।