बाईक र भैंसी ठोक्किंदा एक युवकको मृत्यु

In दुर्घटना, देश, समाज
३० कार्तिक २०८०, बिहीबार १०:४०

३० कात्तिक, काठमाडौँ ।

झापामा भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ ।

तीव्रगतीका कारण मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।