कुखुराले चल्ला जन्मायो

In विश्व, समाज
१७ कार्तिक २०८०, शुक्रबार ११:०६

कुखुरा पहिला जन्म्यो कि अन्डा पहिला भन्ने भनाइलाई अझ चकित तुल्याएको छ यो घटनाले । न कुखुराबिना अन्डा सम्भव छ, न अन्डाबिना कुखुरा ।

तर सुन्दै अचम्म ! श्रीलंकाको पहाडी इलाकामा एक कुखुराले अन्डाको नदेई सिधै चल्ला जन्माएर यसलाई गलत गरिदियो ।

रञ्‍जित एकानायकेको घरमा पालेको कुखुराको पेटबाट विकसित चल्ला जन्मिएपछि रञ्‍जितलगायत पुरैटोलवासी आश्चर्यचकित भए ।

यो घटनापछि माउ तत्कालै मरेको थियो भने चल्ला पूर्ण रुपमा स्वस्थ थियो ।