
१६ असाेज, बुटवल।
गुल्मी मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीमा जन्मिएका युवा व्यावसायी केदार भुसाल एक सफल व्यावसायी बनेका छन् । देवदह मेडिकल कलेजका पूर्व डाईरेक्टर समेत रहेका भुसाल पेशाको हिसाबले एक मेडिकल लाइनका व्यावसायी हुन। अहिले उनको फरक पेशाले मनग्य आम्दानी गरेको छ। भुसालको मदाने ट्रेडर्स (फर्नीचर तथा शोफा उद्योग) अहिले नेपालकै औंला भाँचेर गणना गर्न सकिने पसलको रूपमा चिनिन थालेको छ।
गुणस्तरीय सामानहरू दिएर ग्राहक पल्काएका भुसालको आफ्नै कारखाना , आफ्नै उत्पादन, आफ्नै घरमा सोरुम र पसल भएकोले अन्य ठाउँमा भन्दा सुपथ मूल्यमा बिक्री गर्न सक्ने भुसालले दाबी गरेका छन् । आफ्नै उत्पादन कारखाना भएकोले जसलाई जे र जस्तो सामान चाईन्छ तेस्तै दिन सकिने उनको भनाइ छ ।
घर, अफिस ,किचेन, विवाह-व्रतबन्ध आदिमा सजावट हुने हरेक प्रकारका सामान एउटै छाना मुनि पाहिने भएकोले आफ्नो व्यापार फस्टाउँदै गएको भुसालको कुरा बाट बुझिन्छ।
सामान्य ५ हजार देखि लाख सम्मका रंगी विरंगी सोफाहरुले शोरुमको शोभा बढाएको देखिन्छ। आबस्यक पर्दा सोफा बनाउन सकिने आवश्यक पर्दा प्लङ बनाउन मिल्ने डबल बेडको सोफा अहिले बजारमा राम्रो चर्चामा छ, त्यो पनि मदाने ट्रेडर्समा पाइन्छ । सालको आजीवन ग्यारेन्टी गर्न सकिने दराजहरू पनि पसलमा साइज साइजका देख्न सकिन्छ । थरी थरीका डाइनिङ टेबल हरू टीवी सोकेसहरू देखि कार्पेट पर्दा सम्म एउटै घर भित्र पाइने हुनाले ग्राहक हरुलाई सजिलो भएको छ ।
रूपन्देही जिल्लामा फ्री डेलिभरी र नेपाल अधिराज्यभरि डेलिभरी गरिने हुँदा जो कसैले पनि आफ्नो रोजाइको सामान मदाने ट्रेडर्स फर्नीचर तथा सोफा हाउसमा अर्डर गर्न सक्ने छन्।
युवा व्यावसायी तथा समाजसेवी भुसालको अनुसार पैसा मात्रै कमाउने उदेश्यले भन्दा पनि राम्रो र गुणस्तरीय सामान दिनाले व्यावसाय धेरै फस्टाएको छ ।
अहिले नेपाली हरूको ठूला चाड पर्वहरू दशैं, तिहार, इद मुबारक नजिक आएको हुनाले सामानमा बिशेष छुट गरिएको समेत भुसालले सन्देश नेपाल लाई जानकारी दीए ।