
१६ असाेज , काठमाडौं । खोजी खोजी गरिबको ठेला खोस्ने काठमाडौंका नगर प्रहरीले यो मन्दिरमा सटर राखेर पसल गरेको देख्दैन …
परोपकार मार्गको भिमसेन थान मन्दिरमा कुनै चोकमा रहेको घरमा जसरी पसलहरु रखिएको छ । मन्दिरमा आएका भक्तजन हरु पानी पर्दा ओतिने ठाँउ समेत न छोडेर पसलहरु राखेको देख्न सकिन्छ। दिन भरी ठेलामा २/४ सयको व्यापार गरेर छोराछोरी को पेट पालेका हजारौँ गरिब हरू आज कति काठमाडौं छोडेर हिड्न विवस भए त कतिको गाउँमा जान पनि नसक्ने बजारमा बाँच्न पनि नसक्ने गरी बिचल्ली भएका छन् ।
कतै भने मन्दिरमा घरको सटरमा राखे जसरी राखिएको पसलहरु हेर्दा लाग्थ्यो कि यो कुनै तीर्थस्थल नभएर व्यापारिक केन्द्र हो । यो मन्दिरमा कुनै पूजा सामग्री मात्र होइन खाद्यान्न , किराना समेत रहेका छ । मन्दिरमा धजा पतका झुण्डिने ठाउँमा आलु चिप्स र कुरमुरेका लहराहरु पिङ खेलेका थिए !
मन्दिरमा भक्तजनहरू आउँदा पनि पसलमा मान्छे आए जसरी व्यापारीले टुलुक्क आँखा देखाउँथे।