
प्रेम सुनार
गुल्मि असोज १५ । गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबार देखि सिमलटारीमा पहिलो पटक सदरमुकाममा झै मोहत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क बिज्ञ बुद्धि जिसिले उद्घाटन गर्ने अबसर पाएका छ्न ।
गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबार देखि सिमलटारीमा पहिलो पटक सदरमुकाममा झै मोहत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क बिज्ञ बुद्धि जिसिले उद्घाटन गर्ने अबसर पाएका छ्न । एमएम बाइक एल इभेस एण्ड बहुउद्देश्यीय प्राली मालिका ८ को आयोजनामा असोज १५ देखि २५ गते सम्म १० दिन सम्म चल्ने महोत्सवमा ७० वटा स्टल रहेका छ्न ।
प्रथम सिमलटारी कृषो पर्यटन तथा सास्कृतिक महोत्सव २०८० को उद्घाटन गर्दै नेता जिसिले साबिक क्षेत्र नम्बर ३ को सिमलटारी बजार फिताले नापे पनि ब्यापारिक र प्रशासनिक दृष्टिले बिच सेन्टर परेको तर बिगतमा यसलाई कतिपयले पछाडी पारेको तथापी सडक संजालले यहाँको बिकास हुने धारणा राख्नु भयो ।
त्यस्तै गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले आफुहरुले पनि सदरमुकामको उपल्लो तम्घासमा महोत्सव गर्न लागेकोले त्यस क्षेत्रका बासिन्दालाई निम्ता दिनु भयो ।
महोत्सवको पहिलो दिन स्टल लगायतको तयारी पूरा भएपनी सर्कस लगायतको तयारी पूरा पूरा भएको थिएन । स्टलमा मुखै रसाउने पोखराबाट ल्याईएको अचार परिकार तिर धेरैको नजर थियो । त्यस्तै स्थानिय परिकार निकै मन लोभ्याउने थियो । स्टलमा स्थानीय कृषि उत्पादन र स्थानिय कला सस्कृतिलाई निकै महत्व दिईएको छ । महोत्सवमा स्थानिय कलाकार भनिएका मालिका माबिका भाइ बहिनिहरुको प्रस्तुती राष्ट्रिय कलाकारको भन्दा कम थिएन ।
- कार्यक्रममा निकै चालेका कलाकार सन्दिप न्यौपाने र आधव जोन खत्रीले दिनभर भरपुर मनोरन्जन दिएका थिए ।
स्थानिय नौमती बाजाले पनि महोत्सवमा प्रचार पाएको थियो
कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल , धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल , मालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल , मालिका ८ का वडाध्यक्ष सुर्य बहादुर जिसि लगायरका जनप्रतिनिधि र स्थानीय समाज सेविहरुको विशेष आतिथ्यता थियो । ढावा सिम्स्लटारी किशानटारी बजार बिकास समितिका अध्यक्ष खडक नेपालिको अध्यक्षतामा र स्थानिय समाज सेवि रोशनकुमार पौडेल र कलाकार माधवजोन खत्रीको उद्घोष दर्शक तताउने थियो । दोश्रो दिन मङ्गलबार चर्चित गायक खुमन अधिकारी लगायतको।प्रस्तुति रहने जनाईएको छ ।