सुन्दरी प्रतियोगितामा पाएको उपाधि पनि खोसियो….रहस्य निकै गहिरो रहिछ :

In मनोरञ्जन
१७ आश्विन २०७५, बुधबार १५:५२

सुन्दरी बन्ने चाहना कुनचाहिँ युवतीमा नहोला र ? अझ देशकै नाम जोडेर आयोजना हुने सुन्दरी प्रतियोगितामा सहभागी हुन पाउनु नै गौरवको विषय हुन्छ भने उपाधि जित्नु त अझ प्रतिष्ठाको विषय हुने गरेको छ । देशकै नाम जोडेर संचालन गरिएको मिस युक्रेनमा सहभागी एक युवतीले उपाधि जिते पनि उनी एक सन्तानकी आमा भएको रहस्योद्घाटन भएपछि उनको उपाधि खोसिएको छ । २३ वर्षीया भेरोनिका ड्युसेन्कोले किभमा सम्पन्न मिस युक्रेनको उपाधि जितेकी थिइन् ।
प्रतियोगितामा सहभागी हुने फर्ममा विवाह र सन्तानका विषयमा कुनै कुरा उल्लेख नगरेकी भेरोनिकाका एक ४ वर्षीय छोरा रहेको र श्रीमान्सँग अलग भएको कुरा आयोजकले पछि मात्र थाहा पाएका थिए । यो उपाधि जित्ने सुन्दरी आगामी डिसेम्बरमा चीनमा सञ्चालन हुने मिस युनिभर्समा सहभागी हुन गैरहेकी थिइन् भने आयोजकहरूले अब त्यसमा फस्ट रनर्सअपलाई सहभागी गर्ने जनाएका छन् । यस्तै किसिमको घटना सन् २०१३ मा मिस ग्रेट ब्रिटेन आयोजना हुँदा पनि भएको थियो ।