राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको प्रथम अधिबेशन सम्पन्न :

In मनोरञ्जन
१७ आश्विन २०७५, बुधबार १४:५७

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाको प्रथम अधिबेशन सम्पन्न,अध्यक्षमा जीतन भाई श्रीस मगर रा.लो तथा दो.गी.प्र नेपाल कोरिया शाखाको एेतिहासिक प्रथम अधिबेशन गत सेप्टेम्बर २३ तारिख छुसकको पहिलो दिन राजधानीको सउलमा भब्यताको साथ सम्पन्न भएको छ।केन्द्रीय उपाध्यक्ष,बिदेश बिभाग प्रमुख बरिष्ठ सर्जक रमेश बि.जी को प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशन बाट जीतन भाई श्रीस मगर अध्यक्ष पदमा सर्बसम्मत चयन हुनु भएको छ।त्यसै गरी उपाध्यक्षमा सुरज के.सी,रमिला गौतम सचिबमा आर.के पौडेल सह-सचिबमा गंगा लोहनी कोषाध्यक्षमा एस.बी राना मगर र सह-कोषाध्यक्षमा बिष्णु पाण्डे चयन हुनु भएको छ।सदस्यहरूमा क्रमश कर्सागं तामांग,ललित गिरी,खिम छन्त्याल, लोकेंद्र चन्द,राज खाम्चा मगर,धनु गुरूगं,शान्ति गुरूगं,रेबिका लामिछाने,बिज्ञान अर्याल,राजु नेपाल,बिष्णु रिजाल मनोज चापागाई,मुनाराज सुनुवार र जनक पन्त गरी २१ जनाको कार्य समिति र ४ जना सदस्यहरू कार्य समितिले मनोनित गर्ने गरी गठन गरिएको निर्वाचन समितिका संयोजक रामकृष्ण बम मल्लले जानकारी दिनु भएको छ।
रामकृष्ण बम मल्लको निर्बाचन समितिको संयोजकत्वमा २ सदस्यीय सि.पी मगर र ईश्वरी कडेल रहेका थिए। रा.लो तथा दो.गी.प्र नेपाल जापान शाखा सल्लाहकार लोक प्रिय गायक संगीतकार रामकृष्ण बम मल्ल जापान शाखाकै सल्लाहकार ईश्वरी कडेल ज्यूको बिशिष्ट आतिथ्यतामा सम्पन्न अधिबेशनमा कोरियाका बिभिन्न सांगितिक कार्यक्रमहरूमा आउनु भएका नेपालका लोक प्रिय चर्चित गायक गायिकाहरू रामजी खॉड,शिब हमाल,राजन गुरुंग,प्रीति आले लगायत अन्य थुप्रै कलाकारहरूको उपस्थितिले अधिबेशन भब्य र थप अर्थ पुर्ण बनेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश बि.जी ले पछिल्लो समयमा नेपाली लोक संस्कृतिमा मौलिकपन घट्दै र हराउदै गएको बेला प्रवासमा रहेर पनि लोक संस्कृतिको संरक्षण र सम्बद्धनमा लागिरहनु हुने सम्पूर्ण कोरियाबासी कलाकार साथै कला प्रेमीहरूमा हार्दिक धन्यबाद दिदै लोक संस्कृतिको रक्षार्थको लागि भर्खर बन्दै गरेको नया कार्यसमितिलाई सफलताको शुभकामना दिनु भएको थियो।आजैको दिन देखी केन्द्रीय कार्य समितिले गर्न पर्ने कुनै पनि साथ र सहयोगमा कमी नआउने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको थियो। जीतन भाई श्रीस मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम चर्चित लोक प्रिय गायक,सर्जक सि.पी मगरको संचालन रहेकोकुरा कोरिया संबाददाता : इश्वरी घिमिरेले संदेश नेपाल लाइ जानकारी दिनु भयो l