
१३ असोज ,गुल्मी ।
आफ्नै साथीले घरबाट राम हेर्न जाने भनेर लिएर गएको परिवारको एक्लो छोरो घरमा फर्किएर न आउँदा आज चाडवाडको समयमा बाबा आमा बेहोस छन् ।
छोरोको साथि फर्कियो , छोरो कति बेला आउँछ भनेर पाकेको खाना पनि छोरो लाई कुरेर बसेका बाबा आमा ले छोरो होइन छोरोको लास भेटियो भन्ने खबर पाउँदा कस्तो भएको होला …
सुन्दा अचम्म लाग्न सक्छ !
घर जोडिएको छिमेकी , त्यसै माथि नाताले ज्वाइँ र छोराको साथी …
आफ्नै साथीले होस् वा आफ्नै नातेदारले तथा आफ्नो घर जोडिएको छिमेकीले सँगै गाउँघरमा मेला हेर्न जाउँ भन्ने, जाने त सामान्य हो । तर सँगै गएको मान्छे सँगै फर्किएर घर न आए पनि त्यही साथीकोमा बस्नु भोलि सम्म घर फर्किनु प्रया गाँउ घरमा छर छिमेकमा सामान्य जस्तै लाग्छ ।
तर, गुल्मीमा घटेको घटनाले आज गुल्मी र प्यूठानमा मात्र होइन सिंगो जगतमा साथी प्रतिको विश्वास , छिमेकी प्रतिको आधार र नाता गोताको सत्कार माथि नै प्रश्न खडा भएको छ ।
गुल्मी मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दह साबिक वडा नं ३ नुवारा निबासि बुबा भेक बहादुर कुँवर आमा यम कुमारी कुँवरका एक्ला छोरा कपिल कुँवर छिमेकी, नातेदार भनौं वा साथी रमेश खड्का सँग प्युठान जिल्लाको झिम्रुक गाउँपालिका वडा नं एक बालुवा खोला भन्ने ठाउँमा तीजको मेला हेर्न भनेर घरबाट सँगै निस्कन्छन् । अर्को दिन दिउस १२ बजेको समयमा फर्कदा रमेस खड्का मात्र घरमा एक्लै फर्कन्छन् । ‘घरमा आइ रमेशले सँगै गएको साथी कपिल कुँवरको दिदी सङ्ग कपिल दाइ आउनु भएको छैन अझै …? भन्दै उल्टै प्रश्न गरेको बताइएको छ ।’
शंकाको पहाड अग्लिँदै थियो …
रमेशको टाउकोमा पनि चोट लागेको थियो भन्ने खबर छ तर कसरी लागेको भन्ने खुलेको छैन । आफ्नो टाउकोमा लागेको चोटको औषधि उपचार गरि ससुराली घरबाट हराएको दाइ कपिल कुँवरलाइ खोज्न जान्छु भनी रमेश खड्का र उहाको श्रीमती अस्मिता दुबै हिडेका थिए !
रमेश र अस्मिता अर्घाखाँची सौतमारे भन्ने ठाउँमा गएर गाडी खोजेको जानकारी आएको थियो ।
रमेशका अनुसार : हामी राती दुबैजा म लोटेको ठाउँमा दाइ पनि त्यतै हुनुहुन्छ की भनेर खोज्न गयौँ , दाइलाइ भेटाएनौ र म लोटेको ठाउँ भन्दा माथी तीर ढिकमा उहाँको मोबाइल भेटियो… भनेर प्रहरी लाई बयान दिएको स्थानीय बसन्त कुंवरले जानकारी दिएका थिए ।
अहिले रमेश खड्का प्यूठानको खलंगामा प्रहरी हिरासतमा छन् ।उनको बयान लिने र अनुसन्धानको लागि आवश्यक पर्ने प्रमाण हरू प्रहरीले जुटाई रहेको छ । हिजो मात्रै मृतक कपिल कुँवरको आमा सँग केही आबस्यक कागज पत्र र जानकारी लिएको प्युठान प्रहरी ले जनाएको छ । रमेशको बयानको बारेमा प्रहरीले खुलेर कुरा गर्न चाहेको छैन । यसको अर्थ यो होइन कि प्रहरीले रमेशको बचाउ गरेको छ । कारण रमेशको कुराहरू फरक फरक भएकोले र निचोड निस्किन नसकेको हुनाले अनुसन्धान गर्नलाई कुनै अवरोध नहोस् भनेर प्रहरीले अहिले केही बोल्न मात्रै नमिलेको हो !
मृतक कपिलका आफन्तको अनुसार रमेशले लास भेटिने बेलामा दिएको बयान र अहिले दिएको बयानमा मोबाइल भेटिएको बारे बिल्कुल फरक कुरा आएको दाबी छ । स्थानीयका अनुसार
रमेशले पहिले ‘म लोटेको ठाउँ भन्दा माथी तीर ढिकमा उहाँको मोबाइल भेटियो ‘ भनेका थिए तर अहिले मोबाइल पहिलेनै गोजा बाट निकालेको हूँ भनेको जानकारी आएको छ । यो कुरा उहाँको आफन्तले बताए पनि प्रहरीले बयानको बारेमा केही भनेको छैन ।
असोज १३ गते यही घटनाको फलोअपका क्रममा घटनाको अनुसन्धानमा रहेका प्युठान खलंगा प्रहरी निरीक्षक हुमानन्द खनाल सँग सन्देश नेपालले गरेको फोन सम्पर्कमा उनले बयानको बारेमा केही पनि जानकारी दिन अहिले नमिल्ने बताए । यदि निर्दोष भएको भए किन हिरासतमा राख्नु भएको छ र दोषी नै हो भने केही त जानकारी दिनु कस्तो बयान दिएको छन् भनेर प्रश्न गर्दा उनले “निर्दोष सावित भएको भए किन हिरासतमा राख्न पर्थ्यो र” भनेर उत्तर दिएका थिए ।
उनले के पनि जानकारी दिए भने , हामीले अनुसन्धानको बारेमा कुनै पनि कदम बाँकी राख्ने छैनौ र अहिले केही भन्दा भोलि अनुसन्धानमा कुनै असहजता आउन सक्ने हुनाले अहिले केही भन्न मिल्दैन ! यो सामान्य विषय छैन आफै बुझ्नु होस्!!!
अहिले पनि थप प्रमाण जुटाउने र आबस्यक अनुसन्धान अगी बढाउने गरी रहेका छौँ सम्पूर्ण प्रमाण जुटी सके पछि जानकारी दिने छौ ,खनालले सन्देश नेपाल लाई भने ।