सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु १४ जना घाइते

In स्वास्थ्य/जीवनशैली
१३ आश्विन २०८०, शनिबार ०२:५५

१३ असोज,काठमाडौं। शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी-५ लेखपोखरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

 

मृत्यु हुनेमा शारदा नगरपालिका–१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा छन्।

 

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी

दिए।