1189 views 0 secs 0 comments

बलात्कारीको आपराधि पत्ता लगाउन नसक्ने के पी सरकार चाहिदैन भन्दै राजधानीमा प्रदर्शन…

In देश, स्वास्थ्य/जीवनशैली
२० आश्विन २०७५, शनिबार १६:०८

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत आज पनि राजधानीमा प्रदर्शन गरिएको छ।
माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको हो।

निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै विभिन्न दलमा आबद्ध कार्यकर्ता तथा अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।
गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो।
घटना भएको २ महिना बिते पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

फोटो सेतो पाटी बाट साभार :