19 views 0 secs 0 comments

गुल्मीको इश्मामा शिक्षक नियुक्तिमा चलखेल

In समाज
२ जेष्ठ २०८०, मंगलवार ०९:५१

खिम खड्का
जेठ २ गुल्मी,
गुल्मीको इश्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा चलखेल सुरु भएको छ । गत बैशाख ३० गते शिक्षक नियुक्तिको निम्ति हुन लागेको परीक्षा बिबिध कारण देखाइ ३१ गते सारिएको थियो तर त्यस दिन पनि माथिको आदेश भन्दै परीक्षा स्थगित गरिएको थियो । त्यस दिन गाउपालिका भित्रका ५ वटा बिधालयका ६ जना शिक्षक नियुक्तिको निम्ति गुल्मी,रुपन्देही,अर्घाखाँची लगायतका जिल्ला बाट ३५ जना प्रतिस्पर्धी सहभागी भएका थिए । यसरी अन्य घटनाको कारण पहिले पनि पटक पटक बिबादमा फस्दै आएको गाउपालिका अहिले केही स्वार्थ समुहको चलखेल र स्वार्थको कारण दर्जनौ आबेदक र हजारौ विद्यार्थीहरुको भबिस्य माथी खेलवाड गर्न लागिएको स्थानिय राजनितिक दल र जनताको आरोप छ । यसै बिषयलाइ लिएर पालिका अध्यक्ष भगवत खडकालाइ बुझ्न खोज्दा फोन नै नउठेको र प्रशासकीय अधिकृतलाइ प्रश्न गर्दा यो बिषयमा मेरो कुनै हात नभएको र जनप्रतिनिधिलाइ सोध्न आग्रह गरे । यो घटनाले गाउँपालिकाको नियत माथी नै प्रश्न उठाएको छ ।