गुल्मीको मदाने गाउँपालीकामा तालाबन्दी… !

In शिक्षा, समाज
४ जेष्ठ २०८०, बिहीबार ०९:०५

खिम खड्का

जेठ ४ गुल्मी ,

मदाने गाउपालिकाको प्रशासकीय अधिकृत शिक्षा शाखामा ताला लगाइएको यसै गाउपालिकाको पृथ्वी मा बि मा केहि समय पहिले देखि नै बिधालय प्रसासनले मनपरी लापरबाही तरिकाले बिधालय चलाउन खोजेको जसको कारण बिधालय दिन प्रतिदिन धरासयी बन्दै गैरहेको, हजारौ बिधार्थी र अभिभावकको भविस्यमाथी खेलवाड गरेको आरोप लगाउदै सचेत हुन स्थानिय समाजसेवि जनताले सामाजिक सञ्जाल मार्फत चेतावनि दिएका थिए उक्त घटनामा गाउपालिकाले समस्या समाधान गर्नुको साटो निरिह बनेको आरोप लगाउदै त्यसैको प्रतिक्रीया स्वरुप आज ताला लगाइएको समस्या समाधान नभए अझै शसक्त तरिकाले आन्दोलनका कार्यक्रम अगाडी बढाइने स्थानिय बाबुराम कुवरले बताए

स्थानियले लगाएका आरोपहरु यस प्रकार छन

पुर्कोटवासी स्थानिय आमनागरिकको तर्फबाट

पृथ्वी मा बी पुर्कोट दह

सार्वजनिक संस्था त्यसैमाथी विद्यालयको दुर्गती देख्न नसकेर २०७८ साउन महिना देखी सुधारको प्रयासमा निरन्तर लागीरहेको कुरासर्ववितितै यस्ता संस्थाहरु तलव भत्ता खानेहरुको मात्र हैन त्यसैले हाम्रो ब्रह्म बिबेकले भ्याए सम्म शैक्षिक गुणस्तर अभिवृद्धी समग्र प्राज्ञिक उन्वयनको लागी लागिरहेका छौ तर सुधार गर्ने निकाय नियमन गर्ने तहले रमिता हेरेर बसिरहेको कारण निम्नलिखितबिषयको निर्णायक जबाफ चाहान्छौ???

पहिलो कुरा यहाँ योग्यता ,क्षमता आवश्यकता भन्दा कुन पार्टीको संगठित सदस्य  त्यो हेरीन्छ! त्यसपछी भर्ती प्रकृया सुरु गरिन्छ।

एउटै शिक्षकले एउटै समयमा जनज्योति क्याम्पसको प्रध्यापन स्कुलको टिउसन कक्षा पढाउन कसरी सम्भब ?  दोहोरो सुबिधाभष्ट्रचार हो।(यो स्कुलको विषय भए/नभएपनि चासोको विषय हो )

मावी दरबन्दी शिक्षकले निमाबी पढाए बापत अतिरिक्त अथाह भत्ता खाईस्या यस्को नैतिक सजाय पुजीगत साबा ब्याज भुक्तानीविद्यालयको खातामा आज सम्म किन गरिएन?

राज्यले सुत्केरी विदा दिने ९८ दिन हो तर एक बर्षमा दिन पढाएर बर्षभरिको हाजिर गरेर तलब बुझ्ने/बुझाउनेको नैतिक कानुनीउपचार के भयो? (हाजिरकापी२०७८७९)

निवर्तमान प्र. को अनियमितता भनेर २०७९// गते प्रश्न उठ्यो लाखौं पैसा बर्षौं अघि देखि असार मसान्तमा जम्मा गर्ने साउनको/ गते निकाल्ने गरिएको रहेछ। तत्कालै राजिनामा आयो तर हिसाबकिताब अझै आएको छैन राजनीतिक आबरण ठेकेदारीअहमताको कारणले कानमा तेल किन हालियो।

विद्यार्थीको वार्षिक परीक्षा हुन्छ कुनैकुनै विषयको आधा पनि कोर्स पढाइको हुदैन तर तिनै शिक्षक पार्टीका विभिन्न कार्यक्रममासमाबेश भएको देख्न सकिन्छ।यो प्रवृतीका शिक्षकले राज्यको सपथ पार्टीको रसिद काट्नलाई खानु भाको हो?

विद्यालयमा गएर लगभग ५००विद्यार्थी संग शैक्षिक सुधार गर्नुपर्ने १५०/२०० जति सुझाव लियौं ,बुझायौं त्यो काहा हरायो  विद्यार्थीलाईबुझ्दा ती कुराहरु सुधार नभएको भन्ने बुझिन्छ कस्ता विद्यार्थी रहेछन सरहरुलाई पनि सुझाव दिने भन्ने लाग्या कि?

बर्षौ सम्म अव्यवस्थित भएको छात्रावास घेरबार भो अत्यन्तै राम्रो भयो तर त्यहाँ बानाएको संरचना जहाँ / लाख खर्च गरियो त्योआवश्यक थियोे? थिएन भने / लाख माटोमा मिल्ने अवस्था जहाँ २०७९//१४ गते टाईबिम सहितको व्यवसायीक भवन बनाउनेभनेर व्यवस्थापन समितिले निर्णय गर्नु भो ।खै उपलब्धी? त्यो ठाउँमा पुग्दा आफुले गरेको निर्णय  देखेर आँखा हेरेरै हिड्नु हुन्छ कि २ओटामाक्स लगाउने गर्नु भएको ?

निशुल्क गुणस्तरीय शिक्षा भनिएतापनि परिक्षा फर्म तथा अन्य शिर्षकमा लाग्ने लागत भन्दा धेरै शुल्क उठाईन्छ त्यो जायज ?

भित्रभित्र भष्ट्रचार गर्ने अनी बाहिर सार्बजनिक विद्यालयमा भर्णा शुल्क उठाउने नैतिकता राख्नुहुन्छ?

शिक्षक समाजको भविष्य निर्माता हो। सिगाने राजनीति गरेर विद्यार्थीको भविष्य बिगार्ने काम नगर्नुस् ,गर्नुहुन्छ भने शिक्षक पेशा त्यागेरगर्नुहोस (शिक्षकलाईशिक्षा नियमावली २०५९ परिच्छेद २२ को धारा १३३को विद्यार्थीले पढाउन पर्ने हैन होला)

कानुनले दिन नमिल्ने सेवा सुविधा लिएका कुराहरु कृषि सामाग्री खरिदमा देखिएका लापरबाहीहरु, शौचालय निर्माणमा देखिएकाअनियमितताहरु, भवन निर्माणमा देखिएका भष्ट्रचारहरुले तपाईहरुले बनाउन खोजेको स्कुल कस्तो भन्ने कुरा झल्काउछ। अब बाकी केके छन त्यो पनि झल्काउनुहोस

विद्यालय व्यवस्थापन समितिलाई आफ्नो काम कर्तव्य के हो भन्ने कुरा सम्म हेक्का छैन। नेपालको कुानुन संविधान भन्दा ठुलोव्यवस्थापन समिति हैन तर नियम कानुन मिचेर गरेका निर्णय तमाम छन ( उदाहरणको लागी २०७९ जेठ १४ को निर्णय हेरे पुग्छ)

वि. व्य. ले जान्नै पर्छ कि के गर्न विद्याको पवित्र मन्दिर गईन्छ भन्ने।

विद्यार्थी संग वर्षौं देखि पुस्तकालय शुल्क भनेर १५० उठाईन्छ तर किन वर्षौं देखि पुस्तकालयमा ताला चाबी ??

कक्षा शिक्षकले आफ्नो विद्यार्थीको हाजिर गरे बापत २०० का दरले रकम उठाउनु भो त्यो रकमको उपलब्धी केही ?

एउटा शिक्षक विदाईको नाममा १५/२० हजार खर्च गरेर भोज भतेर गर्नु भो सोझा निमुखा अभिभावक माथि किन भार थोपर्नु भो ?

परिक्षा समिती उक्त समितीको आर्थिक परिचालनको बारे अख्तियारमा मुद्धा क्यारे सायद उत्कृष्ट काम गरेर पुरस्कृत गर्नराज्यको संबैधानिक आयोगमा पुगेको हुनुपर्छ।

सरकारका विभिन्न तहबाट विद्यालयको लागी योजना बजेट छुटिन्छ तर अधिकाशं योजना छुटिएको रकममा योजना पूरा गरिदैनन् बरुविद्यालयले रकम थपेर योजना सकिन्छन जुन अनियमितता हो जहाँ कुनै ठेकदारले   योजनामा / लाख स्कुललाई बचाई दिन्छु भन्दापाउदैन तर स्कुल आफैंले बनाएर मनोमानि गरेका अनेकौं प्रमाण छन ।जस्तै विद्यालयको शौचालय निर्माण करिव १२ लाखमा निर्माणगर्छौ भन्दा नपाएका तर ५० हजार घुस खुवाएर प्राविधिक मुल्यांकन १४ लाख ४६ हजार को बनाउनुभो त्यसै माथि स्कुलको रकम थपेर१५ लाख २० हजार खर्च देखाउनु भो। २४ हजारको खसी कति ओटा खानु भो कि घरमा मासु पनि लानु भो / के.जी।

सामान्य विद्यालयको कृर्षी सामाग्री खरिद गर्दा २५०/२६० पर्ने सामान ६०० , २७३६० पर्ने ७००८० जस्ता विलहरु प्रसस्तै छन ति कृर्षीसामाग्रीले लाज/सरम मानेर सजाय भोग्नु पर्दैन?

कृषि विद्यार्थीले उत्पादन गरेका उत्पादित आलु,हलुवाबेद च्याउ, खुर्सानी लगाएत उब्जाउ समानहरुको हिसाबकिताब टनेलले दिने हो?

मा वी दरबन्दीले विद्यालयमा कम्तिमा हप्तामा २४ पिरियड लिनु पर्नेमा १८/२० वटा लिएर बसिस्या उहाहरुलाई पुरस्कृत कहिले गर्ने?

निवर्तमान प्र. ले सकारी विदाको दिन बाहेक अन्य विदाहरुमा भटाभट तम्घास,बुटवलका कागज बनाएर १००० १५००का दरले एकैदिन बिल भर्पाई बनाउनु भो प्रश्न उठेपछि तपाहरुकै अगाडि कति बिल भर्पाई च्यातिए के खाई नखाई आफ्नो बच्चाले तिरेको शुल्क राज्यको सम्पत्ति जे गरेपनि हुन्छ ??

गत वर्षको SEE मा १९% उतिर्ण भए +2 मा १८% पास भए मदानेमै प्रथम पनि हुन सकेन पृथ्वी मा वि के कुराको कमि ? दरबन्दीसबै प्रयाप्त छन योग्य शिक्षक पनि हुनुहुन्छ वेलावेला देशका उत्कृष्ट विद्यालयमा भ्रमण पनि गर्नु हुन्छ तर त्यो फोटो सेसनमा सिमितभएको जिम्मा कस्ले लिनुहुन्छ?

८२% विद्यार्थी गणितमा फेल हुन्छन तर गणितको दरबन्दी मासेर अनाबश्यक बिषयको दरबन्दी कुनियतीका साथ थपिन्छ तुलनात्मकरुपमा सजिलो बिषयको ओटा दरबन्दी हुने अनी गणित बिषयको ओटाबाट मासेर ओटा गराउनेहरुले गुणस्तर बृद्धी गर्छौ भन्दापत्याईदिनु पर्ने?

नोट-: उल्लेखित बुदाहरुको एक हप्ता भित्र लिखित जबाफ चाहान्छौ। आलटाल गरिए सम्पुर्ण घटना परिघटनाको जिम्बेवार स्वंम स्कुलप्रशासन विद्यालय व्यवस्थापन समितीले लिनु पर्ने छ।

बोधार्थ

विद्यालय व्यवस्थापन समिती

शिक्षा समिती मदाने गापा

जिल्ला शिक्षा कार्यालय तम्घास गुल्मी