अपहरणमा परेकी टुकुचा नदी ( गद्यकविता )

In मनोरञ्जन
१ आश्विन २०७९, शनिबार १२:०७

टुकुचा नदी  ( गद्यकविता )

सयौं वर्षदेखि हराएकी टुकुचा नदी

अपहरणमा परेकी रहिछन्

बन्धक बनाइएको रहेछ

निसास्सिएर रोईरोई बाँचेकी रहिछन्

चिहानदेखि आर्यघाटसम्म कब्जा गर्ने भूमाफियाले

जिउँदै गाडेका रहेछन्

मानवरूपी दानवले जिउँदै जमिनमुनि गाडे पनि

तिमीले  पुनर्जीवन  पायौ आजबाट

कति अन्याय अत्याचार सहेर रोईरोई बाँचेकी रहिछन्

तिम्रो जित भएको , भूमाफियाले गरेको कुकर्मले पाप धुरीबाट कराएको

धन्य टुकुचा नदी धन्य !

तिम्रो जीर्ण तन विदीर्ण मन देख्दा

पनि भक्कानिएर रोइरहेको छु

अश्रुधारा बगिरहेका छन्

चिहानमाथि घर बनाउने सुकिला मुकिला भनाउँदाले

तिमीलाई जिँउदै मार्न खोजेको देख्दा

तिम्रो सर्बस्वहरण गरेको देख्दा

अब ती चिहानसमेत कब्जा गर्ने भूमाफियाहरू निसास्सिएर मर्ने छन्

तड्पीतड्पी मर्ने छन्

चिच्याइचिच्याई मर्ने छन्

अकालमा मर्ने छन्

आत्महत्या गरेर मर्ने छन्

कुकर्मको फल भोग्ने छन्

तर तिमीलाई सबैले देवीको रूप मानेर पूजाअर्चना  गर्ने छन्

*** समाप्त **

रचना : लक्ष्मीप्रसाद ढकाल

दर्शनाचार्य

त्रिभुवन विश्वविद्यालय , कीर्तिपुर