मंसिर ४ पछि प्रधानमन्त्री बन्दैछु : केपी ओली

In राजनीति
३ भाद्र २०७९, शुक्रबार १९:१६

काठमाण्डु, भदौएमाले अध्यक्ष केपी ओलीले मंसिरको प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउनेदाबी गरेका छन्

गृहनगर झापाको दमकमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनको पक्षमा जनता नभएको दाबी गरे

उनले जतिसुकै दलले गठबन्धन गरे पनि उनीहरुविरुद्ध एमाले एक्लै लड्न सक्षम रहेको उल्लेख गरे ओलीले गठबन्धनलाई भ्रष्टहरुकोगठजोडको संज्ञा दिँदै जनताले उनीहरुलाई निर्वाचनमा ठेगान लगाउने जिकिर गरे

ओलीले पार्टीले बहुमत ल्याउने आफू फेरि सिंहदरबारको मुल ढोकाबाट छिरेर प्रधानमन्त्री हुने दाबी गरे