238 views 0 secs 0 comments

कपिलवस्तुमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु …

In समाज
२० पुष २०७८, मंगलवार १३:०८

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
चार जना घाइते भएका छन् । लु ४ त २४०२ नम्बरको ट्र्याक्टर बिहान बुद्धभूमि नगरपालिका–३ रनगाईमा दुर्घटना हुँदा शिवकुमारी थारु र फूलकुमारी थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले जानकारी दिनुभयो ।