गुल्मीमा एकजना पुरुषको शव फेला परेको छ । गुल्मी दरबार गाउँपालिका-७ स्यालापानी काफलकाचौर घर भएका अन्दाजी ५५ वर्षीय रामबहादुर सुनार मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सुनार यही भदौ २१ गते घरबाट हिँडेको प्रहरीको भनाइ छ । घर नफर्किएपछि आइबार स्थानीयले खोज्ने क्रममा सोही वडाकै फर्सुराम चुँदालीको गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए l