311 views 0 secs 0 comments

काठमाण्डाैकाे कागेश्वरीमा मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु…

In समाज
१२ पुष २०७८, सोमबार ०८:३७

काठमाण्डौमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकमा गएराति १२ बजे वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल नालीमा खस्दा चालक थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षका राजमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो ।