
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४–० गोल अन्तरले हराएको छ ।
गएराति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
सिटीका लागि खेल सुरु भएको पाँच मिनेटमै रुबेन डियासले गोल गर्दै अग्रता दिलाए । यस्तै, खेलको २७औँ मिनेटमा जोआ कान्सेलोले गोल गरे भने ६३ औँ मिनेटमा रियाद महरेज र ८६ औँ मिनेटमा रहिम स्ट्रर्लिङले एक/एक गोल गरे । जितसँगै सिटीले १८ खेलमा ४४ अङ्क जोडेको छ । न्युक्यासल १० अङ्क जोडेर १९ औँ स्थानमा छ ।