
मकवानपुरको हेटौँडाबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएका ५२ वर्षीय नारायण खड्का र ३५ वर्षीय अर्जुन अधिकारी छन् ।
खड्कालाई हेटौँडा–१५ रातोमाटेबाट र अधिकारीलाई हेटौँडा–११ सहिद स्मारक गेटबाट पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नारायण खड्काको साथबाट ५ ग्राम २ सय ८० मिलिग्राम र अधिकारीको साथबाट १ ग्राम २ सय मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरेको छ ।
खड्का वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना.५ ख ४८०२ नम्बरको बसमा खैरो हेरोइन बोकेर हिँडेका थिए । आरोपीहरूबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।