232 views 0 secs 0 comments

बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतमै आत्महत्याको प्रयास…

In समाज
१९ मंसिर २०७८, आईतवार १७:५७

बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्।
पाँच दिन अघि २८ किलो चरेशसहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका–३ की ३२ वर्षीया कल्पना रोकायाले आइतबार दिउँसो करिब १२ बजेतिर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ज्ञानबहादुर बिष्टले हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेकी रोकायाको उद्दार गरिएको जानकारी दिए।
शौचालय गर्न गएका बेला झुण्डिएर आत्महत्याको प्रयास गरेको महिला प्रहरीले थाहा पाएपछि रोकायाको घाइते अवस्थामा उद्दार गरिएको थियो।
अहिले जिल्ला अस्पतालमा उपचाररत उनको अवस्था सुधार भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।