505 views 0 secs 0 comments

गुल्मीमा भेटीयो बेवारिसे शव अहिले सम्म सनाखत हुन सकेन…

In समाज
६ मंसिर २०७८, सोमबार ०७:५९

जिल्ला कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनी स्थित कालीगण्डकी नदी पश्चिम तर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभयो ।

फेला परेको शव शरिरको कम्मरमा सेतो कछाड बेरेको नग्न अबस्थामा सम्पुर्ण शरिरको भाग सडिगलेको अबस्थामा रहेको प्रहरीले जनाएको छ । खन्युको रुखमा अड्किएको अबस्थामा नाम, थर, वतन र लिङ्ग समेत नखुलेको वेवारिसे शवलाई पहिचाहनको लागि सबै तिर हुलिया पठाइएको भट्टराईले बताउनु भयो ।

शवको लाश जाँच मुचुल्का समेतको कार्य सम्पन्न भए पनिे हाल सम्म सनाखत हुन नसकी बेवारीसे रहेको प्रहरीले जनाएको छ ।