मा.कृष्णा शाहको पहलमा कोपिला समाजद्वारा जाजरकोट लाई राहत सामाग्रि हस्तान्तरण…

In स्वास्थ्य/जीवनशैली
२८ जेष्ठ २०७७, बुधबार २०:४३

२८ जेठ सुर्खेत
जाजरकोट जिल्ला बाट कर्णाली प्रदेश सभा सदस्य माननीय कृष्णा शाहको बिशेश पहलमा कोपिला भ्यालि सेवा समाज सुर्खेतले जाजरकोटका स्थानिय तहमा रहेका क्वारेन्टाइन लाई स्वास्थ्य राहत सामाग्री पुग्ने गरि सम्बन्धित पालिका लाई ती सामाग्री हस्तान्तरण गरेको छ ।

राहत सामाग्रिमा क्वारेन्टाइनमा रहेका सम्पुर्ण नागरिकलाई पुग्नेगरि एन 95 माक्र्स, सेनिटाइजर, ब्रस, मन्जन, साबुन, जिवनजल, महिला हरुका लागि सेनेटरि प्याट बच्चाहरुका लागि हर्लिस हरेक क्वारेन्टाइन लाई पानिखाने बाल्टिन, पानी सुदृढीकरण गर्ने पीयूष ट्वाइलेट सफागर्ने हारपिक, बिच्छ्याउने डसना हरु हरेक क्वारेन्टाइन लाई २-३ बोराका दरले चामल प्रतेक पालिका लाई १ रोल पिफम स्वास्थ्यकर्मि का लागि सेनिटाइजर, प्रतेक क्वारेन्टाइन को १-२ सेटका दरले पिपिइ सेट लगायतका सामाग्री हरु सम्बन्धित पालिकालाई हस्तान्तरण गरियको कोपिला भ्यालि सेवा समाजका अध्यक्ष टोप बहादुर मल्ल ले बताउनु भयो।

तेस्तै हालसम्म कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिममा स्वास्थ्य सामाग्री गई सकेको र बाकिठाउमा जाजेक्रम जारि छ आज मात्रै जुम्ला जिल्लाको हिमा गाउपालिकामा स्वास्थ्य सामाग्री गयको र जाजरकोटका आज तिनवटा पालिकामा राहत सामाग्री गई सकेको छ । र बाकि पालिकाको राहत सामाग्री तयारिमा रहेको समाजका सचिव गोगन बहादुर मल्ल (रमेश) ले बताउनुभयो

माननीय कृष्णा शाहले कोपिला भ्यालि सेवा समाजको राहत क्याम्पमा आइ सेवा समाजलाई हार्दिक धन्यवाद दिनुभयको थियो