
२८ बैशाख सुर्खेत, खगेन्द्र मल्ल / कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको तयारी लगायतको अनुगमन तथा निरीक्षणका लागि आज माननीय सामाजिक विकासमन्त्रीज्यू, प्रदेश सरकारका प्रमुख सजिवज्यू र स्वास्थ्य निर्देशकज्यू सहित माननीय मुख्यमन्त्रीज्यू जुम्ला प्रस्थान गर्नुभएको छ। आजै प्रदेश सरकारद्वारा कोरोना रोकथाम तथा नियन्त्रणको लागि २७ स्थानमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली पनि पठाइदैछ।