696 views 0 secs 0 comments

मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु…

In समाज
२५ फाल्गुन २०७६, आईतवार १८:५३

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
“मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”, प्रहरी निरीक्षक भट्टले भने, “तीमध्ये एकको मृत्यु भएको खबर आएको छ ।” प्रहरीका अनुसार पुनर्वास बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार गम्भीर घाइते भएका छन् भने पुनर्वास–७ का अर्जुन राना र कैलालीको गोदावरी नगरपालिकाका अनिल लामिछाने सामान्य घाइते भएका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।