
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसले किचेर मोटरसाइलमा सबार एक युवकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई उछिनेर बढ्ने क्रममा को. ४ प २०९८ नम्बरको मोटरसाइल विपरित दिशाबाट आइरहेको अर्को मोटरसाइकलसँग ठोक्किएर पल्टिँदा बसले किच्न पुगेको थियो । मृत्यु हुनेमा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमान रहेका छन् । प्रहरीका अनुसार दुवै मोटरसाइकल एक आपसमा ठोकिएपछि सडकमै लडेका रहमानलाई ना.४ ख ४२६५ नम्बरको यात्रुवाहक वसले किचेको हो । उनको घटनास्थलमै मृत्यु भएको छ ।