623 views 1 sec 0 comments

रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु…

In समाज
१६ फाल्गुन २०७६, शुक्रबार ११:०७

सिराहामा रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय विपया दास रहेका छन् । दुर्घटनामा परी घाइते भएका दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-८ बस्ने २७ वर्षीय सोनिया दास घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कर्जन्हा नगरपालिका-४ स्थित सडकमा बिग्रिएर सडक किनारामा रोकीराखेको ना.३ ख ९०२४ नम्बरको ट्रकमा स.८प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको सिराहा प्रहरीले जनाएको छ ।