
दैलेखको नौमुले गाउँपालिका वडा नम्बर १ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंह ३० हजार घुससहित पक्राउ परेका छन् ।
विद्यालयका शिक्षकको तलब उपलब्ध गराउने प्रयोजनका लागि शिक्षकसँगै घुस मागेको उजुरीको आधारमा सुर्खेतबाट खटिएको अख्तियार टोलीले उनलाई घुस लिइसकेको अवस्था नियन्त्रणमा लिएको हो ।
सिंहलाई नौमुले गाउँपालिका वडा नम्बर १ स्थित एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।