573 views 0 secs 0 comments

नेपाली सेनाका मेजर अजित प्रताप सिंह लागूऔषध ब्राउन सुगरसहित पक्राउ…

In समाज
२६ श्रावण २०७६, आईतवार ११:३१

ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका मेजर अजित प्रताप सिंह लागूऔषध कारोबारी भएको खुलेको प्रहरीले बताएको छ ।सेनाको पूर्वी पृतना हेडक्वार्टरमा कार्यरत मेजर सिंहलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ पक्राउ गरेको थियो ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार मेजर सिंहले लागूऔषध ब्राउन सुगरका स–साना पोका विक्री गर्ने गरेका पाइएको छ । प्रयोगकर्ताको माध्यमबाट थालिएको अनुसन्धानका क्रममा उनीसम्म पुगिएको भन्दै ननले भने, ‘मेजरले एक हजार रुपैयाँमा एउटा पोका विक्री गर्ने गरेका रहेछन् ।’

उनकाअनुसार, पक्राउ पर्दा सिंहको साथबाट ब्राउन सुगरको ४ वटा पोका भेटिएको थियो, जसको कुल तौल डेढ ग्राम छ ।सिंहसँगै अन्य दुई जनालाई नियन्त्रणमा लिइएको थियो तर उनीहरुको संलग्नता नदेखिएपछि छाडिसकिएको छ ।

इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी समिरचन्द्र खरेलकाअनुसार मेजर सिंहविरुद्ध आइतबार लागूऔषधसम्बन्धी कसूरमा जिल्ला अदालत, सुनसरीबाट म्याद थप हुनेछ । ‘म्याद थप गरेपछि मात्रै विस्तृत अनुसन्धान थाल्छौं’, उनले भने ।अनुसन्धानका लागि सैनिक अधिकृतमाथि अनुसन्धान गर्ने निकाय सैनिक प्रहरी गणले पनि सहयोग गरिरहेको छ ।