
रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्र नारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुर का कौशल प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो ।साउन २५ गते बिहान पर्साको वीरगञ्ज महानगरपालिका वडानम्बर १५ स्थित नेशनल मेडिकल कलेजमा सिटिईभिटीको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जोगेन्द्रले रौतहट गढीमाई गाउँपालिका ६ धरमपुर बस्ने छोटेलाल यादवको नाममा र कौशलले रौतहटकै रमाकान्त साहको नाममा परीक्षा दिइरहेका थिए ।