495 views 0 secs 0 comments

लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ…

In देश, समाज
१ फाल्गुन २०७६, बिहीबार १०:१९

कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटेको प्रहरी टोलीले जानकी गाउँपालिका–८ भोक्सीका २४ वर्षीय सुनिल भण्डारीलाई पक्राउ गरेको हो । भण्डारी सवार से २ प ७४९७ नम्बरको मोटरसाइलक रोकेर चेकजाँच गर्ने क्रममा उनले गुप्ताङ्गको भागमा लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउन सुगर बरामद गरेको थियो । उनले गुप्ताङ्गमा लुकाएर बोकेको १५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अदालतबाट सात दिनको म्याद थप गराएर भण्डारीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।