755 views 0 secs 0 comments

बलात्कार प्रयास गरेको आरोपमा दुई जना पक्राउ…

In समाज
१ फाल्गुन २०७६, बिहीबार १०:०८

२६ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुम चौरजहारी नगरपालिका वडा नम्वर ६ बस्ने २० वर्षीय राज विक र वडा नम्वर ७ का ३४ वर्षीय प्रेमबहादुर नेपाली रहेका छन् । बाटोमा हिँडिरहेको समयमा एकान्त ठाउँ पारेर विक र नेपाली मिलेर बलात्कार गर्न खोजेको भन्दै उजुरी परेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको डीएसपी खतिवडाले बताए ।