जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादव ४ हजार घुससहित पक्राउ परेका छन् ।
अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुंग्याइने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ ।
घुस रकम लिइसकेको अवस्थामा यादवकै कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।