437 views 0 secs 0 comments

बाटो काट्दै गरेकी वृद्धाको मृत्यु, सनाखत हुन सकेन…

In समाज
१३ पुष २०७६, आईतवार १०:५३

शनिबार राति मिनभवनमा भएको ‘हिट एन्ड रन’ मा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राति ९ बजे बाटो काट्दै गरेकी वृद्धालाई सवारी साधनले ठक्कर दिएको थियो । सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी ती वृद्धाको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतक वृद्धाको सनाखत हुन सकेको छैन । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार दुर्घटनामा संलग्न सवारी साधनको पहिचान खुल्न सकेको थिएन । सिसिटिभी फुटेजका आधारमा प्रहरीले आइतबार बिहान सवारी साधनको पहिचान गरी नियन्त्रणमा लिएको हो ।