557 views 0 secs 0 comments

लागूऔषधसहित पाल्पाबाट एक व्यक्ति पक्राउ…

In समाज
७ पुष २०७६, सोमबार १७:३२

लागूऔषधसहित पाल्पाबाट एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल रहेका छन् ।
हाइस गाडी हुँदै बुटवलबाट पोखरातर्फ गइरहेका उनलाई दोभान प्रहरीचौकी पाल्पाले तिनाउ गाउँपालिका– ३, दोभानबाट लागू औषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
प्रहरीले गत मंसिर अन्तिम साता पनि दोभान झुम्साबाटै लागूऔषधसहित दुई जनालाई पक्रेको थियो । पटक पटक लागूऔषध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै लगेको छ ।