438 views 0 secs 0 comments

प्रहरी विप्लव नेतृत्वको समूह निकट युवा संगठनका उपत्यका संयोजकलाई पक्राउ…

In समाज
६ पुष २०७६, आईतवार १९:५१

प्रहरी विप्लव नेतृत्वको समूह निकट युवा संगठनका उपत्यका संयोजकलाई पक्राउ गरेको छ । सो संगठनका संयोजक सुजन भनिने राजु घिमिरे ललितपुरको कुमारीपाटीबाट मंसिर३० गते बेलुका पक्राउ परेका हुन् । घिमिरेको साथबाट ६ थान मोबाइल र विप्लव समूहसँग सम्बन्धित विभिन्न दस्तावेजहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
घिमिरले काठमाडौं उपत्यकामा विभिन्न उद्योगपतिहरुसँग धम्क्याएर चन्दा माग्ने र भौतिक कार्वाहीको धम्की दिन गरेको प्रहरीको आरोप छ । उनलाई आपराधिक लाभ लिन नहुने (एक्सटर्न) मुद्धामा थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।