
दाङमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार दाडको घोराही उपमहानगरपालिका १ अठ्ठाइसेको किचेनीदहमा डुबेर २ बालकको मृत्यु भएको हो ।
स्थानीय भुपेन्द्र घर्तीका साढे २ वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीको ४ वर्षीय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खेल्ने क्रममा बालकहरु पानीमा डुबेको बताइएको छ । शवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमार्टम गरिएकोे प्रहरीले जानकारी दिएको छ ।