430 views 0 secs 0 comments

धनुषामा १५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ…

In समाज
५ पुष २०७६, शनिबार १४:०२

धनुषामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानिस्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई पंजियारलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ । 
दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट रंगे हात पक्राउ गरेको हो ।