
शनिवार बिहान बाग्लुङको बडीगाड गाउँपालिकामा जीप दुर्घटना हँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
खर्वाङबाट सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नम्बरको पिकअप जीप बडीगाड गाउँपालिका २, सक्न्यार टुटिफेदमा दुर्घटना भएको हो ।
खर्वाङबाट विरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते हुनेहरुमा वडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानी वस्ने वर्ष २४ का चालक रमेश श्रीस, बडिगाड गाउँपालिका वडा नं. ३ सरधारा वस्ने वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष ६ की विविशा थापा, सोही स्थान वस्ने वर्ष २३ की नुनु रेश्मी र सोही स्थानकै वर्ष ३३ की चुरा कुमारी थापा रहेका छन् ।
गाडी सडकवाट झण्डै ३०० मिटर तल खसेको छ।